ताजा अपडेट

ट्रेन्डिङ

एसएस कलेजमा विदाई तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

११ असार २०८१, सोमबार
180 पटक हेरिएको
एसएस कलेजमा विदाई तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न

मध्यपुपर थिमि नगरपालिका- ४, नयाँ थिमिस्थित एसएस(सनराइज) कलेजद्धारा विदाई तथा मार्गनिर्देशन कार्यक्रम गरेको छ । कक्षा १२ को बोर्ड परीक्षा दिएका तथा स्नातक तह चौथो वर्षको अध्ययन पुरा गरेका विद्यार्थीहरुको सम्मानमा सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम सहित कलेजद्धारा विदाई तथा मार्गनिर्देशन आयोजना गरेको हो ।

एसएस कलेज सञ्चालक समितिका अध्यक्ष केदार खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा पतञ्जली योग समिति नेपालका केन्द्रीय सहप्रभारी ललितशंकर योगीले पढाइलाई प्रभावकारी अनि स्मरणीय बनाउन दैनिक योग, ध्यान एवं योगाभ्यास जरुरी रहेको बताए । योगीले विद्यार्थी जीवनदेखि नै दैनिक ध्यान अनि योगाभ्यास गर्नाले शारीरिक, मानसिक अनि संवेगात्मक रुपमा व्यक्ति फुर्तिलो, उर्जाशील हुने बताए ।

एसएस कलेजका प्राचार्य राजन काफ्लेले अतिथि एवं विद्यार्थीीहरुलाई स्वागत गर्दै एसएस कलेजले विगत १७ वर्षदेखि नै न्युनशुल्कमा गुणस्तरीय, व्यवहारिक अनि संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको बताए ।

प्राचार्य काफ्लेले कक्षा १२ को बोर्ड परीक्षाको नतिजा अनि वि.वि.एस र वि.एड.डब्लु.का विभिन्न परीक्षामा मध्यपुर प्रथम, भक्तपुर जिल्ला प्रथम अनि काठमाडौं उपत्यका प्रथम भएका मेधावी विद्यार्थीहरुलाई प्रमाणपत्र सहित सम्मान गर्दै पढाईसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत खेदकुद, गायन, नृत्य, वक्तृत्वकला, हाजिरीजवाफ आदि प्रतियोगिता मार्फत कलेजले प्रतिस्पर्धी नागरिक तयार गरिरहेको जानकारी दिए ।

कलेजका अध्यक्ष केदार खड्का, सञ्चालक निर्मलकुमार भ¤राई, विद्यार्थी अश्मी दिवाकर लगायतका वक्ताहरुले एसएस कलेजमा अध्ययन गरेर विभिन्न विषयमा दक्षता हासिल गर्दै स्वदेश अनि विदेशमा उच्च शान र सम्मानका साथ कार्यरत पूर्वविद्यार्थीहरुको उदाहरण सहित संस्कारयुक्त प्रयोगात्मक शिक्षामा जोड दिए ।

उपत्यका प्रथम हुन सफल विद्यार्थी निशेष खड्का लगायतका मेधावी विद्यार्थीहरुलाई विशेष सम्मान गरिएको उक्त कार्यक्रममा विद्याथीहरुले विभिन्न आकर्षक गीत अनि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक एवं विद्यार्थीहरुलाई रातो टिका, खादा, मायाको चिनो सहित सम्मानित गरिएको थियो ।

0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments