ताजा अपडेट

ट्रेन्डिङ

चिनियाँ भाषा तालिमको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

३० जेठ २०८१, बुधबार
102 पटक हेरिएको
चिनियाँ भाषा तालिमको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा भएकोे चिनियाँ भाषा तालिमको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सु्निल प्रजापतिले चिनियाँ भाषाका ९ जना उत्कृष्ट प्रशिक्षार्थीहरुलाई उपहार प्रदान गर्नुका साथै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरे ।

कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भाषा सञ्चारको माध्यम हो र भाषा सँगै चिनियाँ राजनीति, अर्थतन्त्र, कला संस्कृति तथा त्यहाँको भूगोलबारे गहन अध्ययन गर्न आवश्यक भएको बताए ।

राम्रा राम्रा चिनियाँ साहित्यहरु नेपालीमा अनुवाद गर्न सके धेरै जनताको सेवा हुने बताउँदै उहाँले नेपालमा चिनियाँ पर्यकहरुको संख्या वृद्धि हुँदै गएकोले चिनियाँ भाषाको महत्व अझ बढ्दै गएको छ भने । साथै भाषा सिक्नु रहरले मात्रै नगरीकन समाजको सेवा गर्ने भावनाले मिहिनेत गर्ने र थप सिक्न सँधै उत्सुक बन्नुपर्ने बताए ।

चिनियाँ भाषाका प्रशिक्षक राजेन्द्र चवालले भाषा सिक्नेह्रले कम बोल्ने त धेरै सिक्ने बानी बसाल्नुपर्ने बताउँदै कला संस्कृतिको गहन अध्ययनले भाषा छिटो सिकिने विचार राखे ।

कार्यक्रममा प्रशिक्षक हरिलक्ष्मी दनेखु र विनय हाडाले भाषा सिकाइ र अध्ययनलाई निरन्तरता दिनु महत्वपूर्ण विषय भएको बताउनुभयो । प्रशिक्षार्थीको तर्फबाट चिनिया“ कविता र गीत प्रस्तुत गरेको थियो ।

सोही क्रममा प्रमुख प्रजापतिले चिनियाँ भाषा प्रशिक्षकहरुलाई प्रशंसा पत्र र मायाको चिनो वितरण गरिएको थियो ।

0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments