ताजा अपडेट

ट्रेन्डिङ

छिन्नलता गीत पुरस्कारको घोषणा

Gyan Khabar

ज्ञानखबर संवाददाता

१३ ब‌ैशाख २०८१, बिहिबार
243 पटक हेरिएको
छिन्नलता गीत पुरस्कारको घोषणा

छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत पुरस्कार गीत रचनातर्फ वीरेन्द्र पाठक, सङ्गीत रचनामा चण्डी काफ्ले र  गायनमा मनिला सोताङ्लाई प्रदान गर्ने भएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न साधारणसभाले विसं २०७९ र २०८० दुवै वर्षको छिन्नलता गीत पुरस्कार विभिन्न आठ महानुभवलाई प्रदान गर्ने निर्णय गरेको हो । गुठीका अनुसार लोकप्रिय युवाप्रतिभा पुरस्कार भुपु पाण्डेको (पिरैपिर: झट्ट हेर्दा हजुर जिन्दगी दामी छ) सृजनालाई प्रदान गर्ने निर्णय भएको छ ।

यस्तै २०७९ को छिन्नलता गीत पुरस्कारको गीत रचनातर्फ भूषण खरेल, सङ्गीत रचनामा मनराजा नकर्मी र गायनमा शिव परियारलाई प्रदान गर्ने निर्णय भएको गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिएका छन् । सोही वर्षको लोकप्रिय युवा प्रतिभा पुरस्कार मेनुका पौडेलको (परेलीमा बसुँ कि कलेजीमा बसुँ गीत) सृजनालाई प्रदान गर्ने निर्णय भएको छ ।

विसं २०७९ देखि छिन्नलता गीत पुरस्कारको राशि वृद्धि गरी रु एक लाख कायम गरिएको गुठीले जनाएको छ । छिन्नलता युवा प्रतिभा पुरस्कार रु ५० हजारसँगै सम्मानपत्र छ । ती पुरस्कार गुठीका संस्थापक तथा गीतकार स्व रमोलादेवी शाह ‘छिन्नलता’को जन्मजयन्तीका अवसरमा आगामी हरिशयनी एकादशीका दिन साउन २ गते प्रदान गरिनेछ ।

0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments