ताजा अपडेट

ट्रेन्डिङ

ख्वप कलेजमा ‘उद्यमशीलता सहयोग कार्यक्रम’ सुरु

Gyan Khabar

ज्ञानखबर संवाददाता

२४ फाल्गुण २०८०, बिहिबार
388 पटक हेरिएको
ख्वप कलेजमा ‘उद्यमशीलता सहयोग कार्यक्रम’ सुरु

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेजमा सञ्चालित ‘उद्यमशीलता सहयोग कार्यक्रम’ बिहीबारबाट सुरु भएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कार्यक्रम उद्घाटन गर्दै विश्वविद्यालय शैक्षिक प्रमाणपत्र बेच्ने संस्था हुन नहुने धारणा राखे । शिक्षालाई उत्पादन श्रमसँग जोड्न सके बेरोजगारी हट्ने उल्लेख गर्दै उनले भने, “भक्तपुर नगरपालिकाले उद्यमशीलता जोड दिई विभिन्न व्यवसायिक तथा सीपमुलक (हेयर कटिङ, सिलाई, पाक कला, कम्प्युटर, चिनियाँ र जापानी भाषा, प्लम्बिङ, डकर्मी, श्रृङ्गार) तालिमहरु सञ्चालन गरिरहेको छ । नगरपालिकाले उद्यमशीलता टेवा दिने उद्देश्यले रु. ५ लाखसम्म उद्यमशीलता ऋण उपलब्ध गराउँदै आएको छ । उद्यमशीलता प्रवद्र्धन गर्ने विषयमा ख्वप कलेज विश्वविद्यालय अनुदान आयोगसँग सहकार्य गर्न तयार छ ।”

विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक प्रा.डा. लालप्रसाद आम्गाइँले देशको भविष्य युवाहरुको हातमा हुने चर्चा गर्दै भन्नुभयो, “युवा जस्तो हुन्छ, देश पनि त्यस्तै हुनेछ” । श्रमता अभिवृद्धि, उद्यमशीलता, अनुसन्धान, वृत्ति विकासलगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गरी देशभरका १,५१६ क्याम्पससँग विश्वविद्यालय अनुदान आयोगको कार्यालयले सहकार्य गरिरहको उनले जानकारी दिए ।

ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले कार्यक्रमले लिएको लक्ष्यलाई पूरा गर्न सहभागीहरु उत्सावद्र्धक रुपमा लाग्नुपर्ने खाँचो औँल्याए ।

कर्यक्रम संयोजक उपप्राध्यापक अञ्जु ग्वाछाले कार्यक्रम ‘३ क्रेडिट आवर’ को हुने र तालिमको सिलसिलामा फिल्डभिजिट, सेमिनार, अनुभव आदानप्रदान, सफल व्यवसायीसँग अन्तरक्रियालगायतको कार्यक्रम हुने जानकारी दिए । कार्यक्रममा उपप्राध्यापक सुनिता गाइसीले पनि बोलेका थिए ।

0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments