ताजा अपडेट

ट्रेन्डिङ

वागीश्वरीमा कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

१९ फाल्गुण २०८०, शनिवार
709 पटक हेरिएको
वागीश्वरीमा कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न

वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको आयोजना विद्यालयको सभा हलमा आज कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

कर्मचारी क्षमता अभिवृद्धि तालिमका प्रमुख अतिथि वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले कर्मचारीहरु भनेको सार्वजनिक व्यक्तित्व हुन्, कर्मचारीहरुले समयानुकुलु ऐन कानुनसंग सधै परिचित हुनु पर्ने साथै संस्थाप्रति इमान्दार हुनुका साथै वैचारिक रुपमा परिपक्व अनिवार्य रुपमा आवश्यक रहेको बताए ।

कार्यक्रमका अतिथि एवं वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले आफुले वागीश्वरीमा कार्यरत हुँदाका पुराना क्षणहरु स्मरण गर्दै काम नै व्यक्तिको परिचय रहेकाले नमुना विद्यालयका कर्मचारीहरु नमुना बन्नु पर्नेमा जोड दिए । वागीश्वरीमा कार्यरत कर्मचारीहरुको साथ सहयोगले आज वागीश्वारी माविसंगै वागीश्वरी कलेज, वागीश्वरी कलेज अफ म्यानेजमेन्ट गरी तीनवटा संस्था सफलतापूर्वक सञ्चालन भैरहेको बताए ।

भक्तपुर नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई प्रशिक्षक रहेको तालिमको दोस्रो चरणमा उनले अन्तरक्रियात्मक रुपमा तालिम संञ्चालन गर्दै नेपालमा अभ्यास भइरहेको प्रशासनीक कानुनी प्रावधान, कर्मचारीको कर्तव्य, मर्यादाकोबारेमा चर्चा गरेका थिए ।

वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले स्वागत मन्तव्यको क्रममा धेरै वर्ष अनुभव लिएर काम गरे पनि यस्ता किसिमको तालिमहरु नियमित रुपमा कर्मचारीहरुले लिन आवश्यक रहेको बताए ।

कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वारी माविका सहायक प्र.अ. कृष्णप्रसाद कर्माचार्य, राजन फेलु, तुल्सीराम प्रजापति तथा सविन्द्र प्रजापतिले पनि बोलेका थिए । कार्यक्रमको अन्त्यमा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रशिक्षक भट्टराईलाई मायाको चिनो प्रदान गरे ।

0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments