ताजा अपडेट

ट्रेन्डिङ

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस कार्यक्रम सुरु गर्न मुख्यमन्त्री सिंहको जोड

Gyan Khabar

ज्ञानखबर संवाददाता

३० जेठ २०८१, बुधबार
75 पटक हेरिएको
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस कार्यक्रम सुरु गर्न मुख्यमन्त्री सिंहको जोड

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी आर्थिक वर्षबाट मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षातर्फको स्नातक तह एमबिबिएस अध्ययन-अध्यापन कार्यक्रम सुरु गर्नुपर्नेमा जोड दिएको छ ।

आज प्रतिष्ठानका उपकुलपति प्रा.डा.अङ्कुर साह, रजिष्ट्रार प्रा.डा.विनोदकुमार यादव र मातहतको प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल डाइरेक्टर डा रामनरेश पण्डितसँगको छलफलमा उहाँले कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति कार्यक्रममा समेत समावेश गरिसकेको जानकारी स्मरण गरे । मङ्गलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्नुभएको मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२१ मा प्रतिष्ठानमा हाल सञ्चालनमा नरहेका शैक्षिक कार्यक्रम एमबिबिएस, बिडीएस, बी फार्मेसी, बिएमलटीलगायतका स्नातक कार्यक्रम सञ्चालन गर्न आवश्यक हुने पूर्वाधारलाई थप विस्तार तथा व्यवस्थापन गरिँदै लगिने उल्लेख छ ।

छलफलमा उपकुलपति प्रा.डा.साहले एमबिबिएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमतिका लागि आवश्यक कागजातहरू पठाइसकेको जानकारी गराएको बताए । उनले भने, “एमबिबिएस कार्यक्रम सञ्चालन गर्न मुख्यमन्त्री सहमत भएको छ र कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।” मुख्यमन्त्री सिंहले भौतिक संरचनालगायत कामका लागि आगामी बजेटमा आवश्यक रकम विनियोजन गर्ने आश्वासन पनि दिनुभएको उपकुलपति प्रा.डा.साहले जानकारी दिए । रासस

0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments