ताजा अपडेट

ट्रेन्डिङ

विनायक जुनियर रेडक्रस सर्कल पुन:गठन

Gyan Khabar

ज्ञानखबर संवाददाता

२० जेठ २०८१, आईतबार
103 पटक हेरिएको
विनायक जुनियर रेडक्रस सर्कल पुन:गठन

“रेडकस अभियानमा लागू विपत्तिमा परेका मानवलाई सेवा गरौं” भन्ने मूल नाराका साथ मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी जुनियर रेडक्रसको विधि अनुसार रेडक्रसमा “म सेवा गर्छु” नारालाई आत्मसात गर्दै मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले विनायक जुनियर रेडक्रस सर्कलको पुन:र्गठन गरेको छ ।

विनायक जुनियर रेडक्रस सर्कलका संयोजक शिक्षक नायक रामचन्द्र प्रजापतिको संयोजकत्वमा भएको सो कार्यक्रममा कक्षा ६ देखि १० सम्मका करिब ५० जना बिद्यार्थीहरू सहभागी रहेको र उक्त भेलामा कृषा प्रजापतिको अध्यक्षतामा शैक्षिक सत्र २०८१ को लागि विनायक जुनियर रेडकर सरकर गठन गरेको हो ।

कार्यक्रममा नयाँ पदाधिकारीहरूलाई बधाई ज्ञापन गरी प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments