ताजा अपडेट

ट्रेन्डिङ

विनायक स्कुलले मनायो धूम्रपान रहित दिवस

Gyan Khabar

ज्ञानखबर संवाददाता

१८ जेठ २०८१, शुक्रबार
154 पटक हेरिएको
विनायक स्कुलले मनायो धूम्रपान रहित दिवस

विश्व धुम्र‌पान रहित दिवस २०२४ को अवसरमा विनायक इको क्लब, विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमीले कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरू बीच धुम्र‌पान रहित दिवस सन्दर्भमा नारा प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा समुहगत रूपमा कक्षा ४, ५, कक्षा ६, ७ र कक्षा ८, ९, १० मा प्रथम, द्वितीय, तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कृत वितरण गरिएको थियो ।

साथै धुम्रपान रहित दिवसको अवसरमा जनचेतना फैलाउने उद्देश्यले धूम्रपान विरुद्ध लेखिएका प्ले कार्ड सहित सांस्कृतिक बाजाका साथ धुम्रपान विरुद नारा घन्काउदै कक्षा ७ र ८ का विद्यार्थीहरूको -याली मध्यपुर थिमि नगर परिक्रमा गरेको छ ।

-यालीका क्रममा वाटोमा धूम्रपान गरीरहेका बटुवालाई धूम्रपानको बेफाइ‌दा सम्झाउँदै, चुरोट खोज्दै धूम्रपान नगर्न सल्लाह दिदै चकलेट र चुइगम वितरण गरिएको थियो । इको क्लब का अध्यक्ष लिजा हमालले विश्वमा झण्डै ८ लाख मानिस धुम्रपानका कारण अकालमा ज्यान गुमाइ रहेको साथै, स्वच्छ समाज निर्माणका लागि हामी विद्याथीहरुले धुम्र‌पान विरु‌द्ध जनचेतना फैलाउनु पर्ने विचार व्यक्त गरे ।

कक्षा ८ का सृष्टि देउला तथा कक्षा ७ का सस्थिका बरुवालले यस्ता कार्यक्रमले विद्यार्थिहरुमा समाजीक दायित्वबोध हुने तथा धुम्र‌पान प्रति युवा जमात टाढा हुने र स्वच्छ समाज निर्माणमा बिद्यार्थिको योगदानका बारे बुझ्ने हुन्छ, यसैले यस्ता कार्यक्रम अत्यन्त राम्रो भएको बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले धुम्रपानले मानव जीवनमा क्षति सिवाय अरु केही नल्याउने भएकाले धुम्रपान आफू पनि नगर्न र अरुलाई पनि नगर्न सल्लाह दिन अनुरोध गर्दै विश्व धुम्रापान रहित दिवस सभ्य र भव्य रुपमा सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments