ताजा अपडेट

ट्रेन्डिङ

महाभारतका ६६ जनाको निःशुल्क मोतिविन्दु शल्यक्रिया

Gyan Khabar

ज्ञानखबर संवाददाता

१८ ब‌ैशाख २०८१, मङ्गलबार
127 पटक हेरिएको
महाभारतका ६६ जनाको निःशुल्क मोतिविन्दु शल्यक्रिया
काभ्रेको महाभारत गाउँपालिकाको विकट स्थानका ६६ जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न भएको छ ।
खुड्किलो नेपाल र नागरिक सहारा नेपालको आयोजनामा महाभारत गाउँपालिकाको गोकुले र गाउँपालिका भवनमा भएको आँखा शिविरबाट मोतीबिन्दु देखिएका ६६ जनाको संस्थाले निःशुल्क शल्यक्रिया भएको हो । वैशाख ८ गते शनिवार आयोजित शिविरबाट आँखाका शल्यक्रिया गर्नु पर्ने ६६ जनाको काठमाडौँको फूलबारी गुम्बामा वैशाख १७ गते निःशुल्क शल्यक्रिया सम्पन्न भएको हो ।
पालिका र गोकुलेको विकट स्थानमा भएको आँखा शिविरमा ५२५ जनाको आँखा परीक्षण गरिएको खुड्किलो नेपालकी अध्यक्ष तारा सम्पाङ राईले जानकारी दिनुभयो । उहाँका अनुसार विकट गाउँमा स्वास्थ्य पहुँच कम, आफ्नो उपचार गराउन पनि बिरामी सदरमुकाम सम्म आउनु पर्ने तथा आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित रहेका बिरामीहरूलाई संस्थाको पहलमा निःशुल्क उपचारको व्यवस्था गरिएको हो ।
शिविरमा २५५ जनालाई निःशुल्क चस्मा वितरण समेत गरिएको राईले जानकारी दिए । गाउँमा २०७२ पछाडि पहिलो पटक आँखा शिविर सञ्चालन भई आँखाको स्कृनिङ, निःशुल्क औषधी, निःशुल्क चस्मा वितरण तथा शल्यक्रिया समेत हुँदा गाउँ बासी निकै खुसी भएका थिए ।
गाउँमा मोतिविन्दुका बिरामी पत्ता लगाउन तथा उनीहरूको उपचारका लागि नै यो शिविरको आयोजना गरिएको अध्यक्ष राईले जानकारी दिए । शिविरमा १५ वर्ष देखि ८० वर्ष सम्मका बिरामीको परीक्षण भएको थियो ।
शिविर काभ्रे जिल्ला समन्वय समिति र महाभारत गाउँपालिकाको सहकार्य तथा ख्वप तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको थियो । गाउँमा अझै पनि धेरै आँखाका बिरामी रहेको बताउँदै राईले आँखा चेक जाँच गराउनुपर्छ भन्ने गाउँमा चेतनाको अभाव कमि रहेको बताए ।
मोतिविन्दुको शल्यक्रिया पछाडि आँखाको हेरचाहको विषयमा समेत बिरामीलाई संस्थाले निःशुल्क परामर्श दिएको थियो ।
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments