ताजा अपडेट

ट्रेन्डिङ

भ्वाएजर–१ अन्तरिक्ष यान: रेडियो सन्देश पठाउन सक्षम

Gyan Khabar

ज्ञानखबर संवाददाता

१२ ब‌ैशाख २०८१, बुधबार
264 पटक हेरिएको
भ्वाएजर–१ अन्तरिक्ष यान: रेडियो सन्देश पठाउन सक्षम

अमेरिकी अन्तरिक्ष एजेन्सीले आफ्नो भ्वाएजर–१ प्रोबले महिनौंसम्म भ्रामक कुराहरू गरेपछि पुनः पृथ्वीमा प्रयोग योग्य जानकारी पठाउँन सुरू गरेको छ ।

भ्वाएजर– १ लाई सन् १९७७ मा पृथ्वीबाट बाहिरी ग्रहहरूको भ्रमणका लागि प्रक्षेपण गरिएको थियो । यो अन्तरिक्षयान मानव निर्मित र पृथ्वी भन्दा बाहिर पुगेको २४ बिलियन किलोमिटर भन्दा धेरै टाढाको अन्तरिक्ष यान हो ।

कम्प्युटरको त्रुटिले नोभेम्बरमा पढ्न योग्य डाटा फिर्ता गर्न रोकेको थियो तर इन्जिनियरहरूले अब यसलाई ठीक गरेको नासाले जनाएको छ। 

यस क्षणको लागि भोइजरले यसको अनबोर्ड प्रणालीहरूको बारेमा स्वास्थ्य डेटा मात्र पठाउन सुरू गरेको छ । नासाका वैज्ञानिकहरूले यसका उपकरणहरूमा थप काम गरे पछि अनलाइनमार्फत सही सुचना पठाउन थालेको हो ।

यसको रेडियो सन्देशहरू हामी सम्म पुग्न २२.५ घण्टा लाग्न थालेको छ । यो खासमा ब्रम्हाण्डमा अर्को पनि मानवजीवन रहेको ग्रह छ कि भन्ने अनुसन्धानमा लागेको छ ।

0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments