ताजा अपडेट

ट्रेन्डिङ

मानसिक समस्याबारे सुसुचित रहन शिक्षकहरुलाई वि‌‍ज्ञको आव्हान

Gyan Khabar

ज्ञानखबर संवाददाता

२८ चैत २०८०, बुधबार
254 पटक हेरिएको
मानसिक समस्याबारे सुसुचित रहन शिक्षकहरुलाई वि‌‍ज्ञको आव्हान

समाजमा मानसिक समस्या ब्यापक रुपमा भ‌एको, अधिकांश यसबारे अनभिज्ञ हुँदा धेरै जटिलताहरु भैरहेको र शिक्षकहरु समाज र युगको सम्बाहक हुने भएकाले शिक्षकहरुलाई मानसिक समस्याबारे सचेत, सजग र जागरुक भई भुमिका निभाउन बरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा. धनरत्न शाक्यले आब्हान गरेको छ ।

कार्यक्रमका अतिथि वक्ता प्रा.डा. शाक्यले एक कार्यक्रममा मानसिक रोग, लक्षण, कारण, उपचार विधि लगायत शिक्षक र सचेत नागरिकले निभाउनुपर्ने भुमिकाबारे प्रकाश पारे ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यता, बागमती प्रदेश सांसद तथा प्रधानाध्यापक सुरेन्द्र राज गोसाइँ, बागमती प्रदेश सांसद सिर्जना सैंजु, तथा योगेन्द्र बिजुक्छे लगायत शिक्षकहरुको उपस्थितिमा बालविकास माध्यमिक विद्यालयद्वारा चैत्र २८ गते आयोजना गरिएको नववर्ष २०८१ को शुभकामना कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न भएको हो ।

सो कार्यक्रममा विभिन्न शिक्षक प्रतिनिधिहरुले पनि आ-आफ्नो धारणा र नववर्ष २०८१ को शुभकामना मन्तव्य राखेका थिए ।

0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments