ताजा अपडेट

ट्रेन्डिङ

मध्यपुर थिमि नपाले करारमा शिक्षक नियुक्त गर्ने

Gyan Khabar

ज्ञानखबर संवाददाता

१८ फाल्गुण २०८०, शुक्रबार
432 पटक हेरिएको
मध्यपुर थिमि नपाले करारमा शिक्षक नियुक्त गर्ने

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले करारमा पूर्व प्राथमिक (ECD) शिक्षक र अतिरिक्त क्रियाकलाप शिक्षक नियुक्त गर्ने भएकाे छ ।

नगरपालिकाले सामुदायिक विद्यालयमा स्वयमसेवक शिक्षक, अतिरिक्त क्रियाकलाप शिक्षक र बालकक्षा शिक्षक व्यवस्थापन मापदण्ड २०८० एवम् नगर शिक्षा समितिकाे निर्णय अनुसार शिक्षक बन्दाेबस्त गर्न सूचना प्रकाशन गरेको हो ।

प्रकाशित सूचना अनुसार १५ जना पूर्व प्राथमिक शिक्षक, २ जना मार्शल आर्ट शिक्षक, १ /१ जना संगीत, नृत्य र कम्प्युटर शिक्षक माग गरेकाे छ ।

0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments