ताजा अपडेट

ट्रेन्डिङ

सीटीइभीटीका उपाध्यक्ष अधिकारीलाई कालोमोसो

Gyan Khabar

ज्ञानखबर संवाददाता

६ फाल्गुण २०८०, आईतबार
525 पटक हेरिएको
सीटीइभीटीका उपाध्यक्ष अधिकारीलाई कालोमोसो

मोहन वैद्य निकट अनेरास्ववियू (क्रान्तिकारी)का नेताहरूले सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेका छन्।

अधिकारीले उपाध्यक्षको काम, कर्तव्य र अधिकार विपरीत गएर परिषद्लाई हानिनोक्सानी हुने गतिविधि गरेको आरोप लगाउँदै कार्यकक्षमै गएर उनीहरूले कालोमोसो दलेका हुन्।

सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा—बढुवा लगायतमा व्यापक अनियमितता, नीतिगत तथा आर्थिक भ्रष्टाचार गरेको उसको आरोप छ।

कर्मचारीको वृद्धि विकासमा विभेद गर्ने, अन्य आन्तरिक क्रियाकलापमा जता पनि जेमा पनि राजनीतिको रङ्ग घुसाउने र भाग माग्ने गरेको पनि अनेरास्ववियू ९क्रान्तिकारी०ले आरोप लगाएको छ।

उपाध्यक्ष अधिकारीको आर्थिक, सांस्कृतिक, सामाजिक र चारित्रिक विषयमा पनि उसले प्रश्न उठाएको छ।

0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments