ताजा अपडेट

ट्रेन्डिङ

ख्वप इन्जिनियरिङ कलेजका ७१ जना विद्यार्थीलाई ३४ लाखको छात्रवृत्ति वितरण

Gyan Khabar

ज्ञानखबर संवाददाता

१३ पुस २०८०, शुक्रबार
435 पटक हेरिएको
ख्वप इन्जिनियरिङ कलेजका ७१ जना विद्यार्थीलाई ३४ लाखको छात्रवृत्ति वितरण

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा २०७६ र २०७७ भर्ना समूहका विद्यार्थीहरुलाई शैक्षिक वर्ष २०७९।८० को गरिब तथा जेहेनदार विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम शुक्रबार कलेजसभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ७१ जना विद्यार्थीहरुलाई रु. ३४ लाख बराबरको छात्रवृत्ति रकम वितरण गरे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले कलेज स्थापनाको उद्देश्य र इतिहासबारे प्रष्ट पार्दै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, मानविकी जस्ता विभिन्न विषयहरुमा स्नातोत्तरसम्मको शिक्षा प्रदान गरिरहेका बताउँदै नपाले ख्वप विश्वविद्यालयको स्थापनाको लागि पनि निरन्तर पहल गरिरहेको बताए । 

भक्तपुर नपा शिशुस्याहार केन्द्रदेखि कलेजहरुसम्म संचालन गर्ने देशकै एक मात्र नगरपालिका भएको बताउँदै नगरबासी विद्यार्थीलाई आर्थिक कारण उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुन नपर्ने व्यवस्था मिलाउँदै गरिब परिवारका विद्यार्थीलाई रु. ५ लाखसम्म शैक्षिक ऋण प्रदान गर्ने नीति अवलम्बन गर्दैै आइरहेको बताए ।

छात्रवृत्ति रकमको सही सदुपयोग गरी देश र जनताप्रति उत्तरदायी भई काम गर्न मार्गनिर्देश गर्नुहुँदै प्रमुख प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुमा पर्याप्त छात्रवृत्तिको व्यवस्था गर्दै आएको विचार राखे ।

उक्त कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले विद्यार्थीहरुलाई कलेजको छात्रवृत्तिमा अध्ययन गर्न पाउनु आफैमा सुनौलो अवसर भएको र इमानदारिताका साथ अध्ययन गर्न मार्गनिर्देश गरेका थिए ।

0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments