ताजा अपडेट

ट्रेन्डिङ

निमावि शिक्षक लाइसेन्सको परीक्षा केन्द्र परिवर्तन (केन्द्रसहित)

Gyan Khabar

ज्ञानखबर संवाददाता

१३ कार्तिक २०८०, सोमबार
724 पटक हेरिएको
निमावि शिक्षक लाइसेन्सको परीक्षा केन्द्र परिवर्तन (केन्द्रसहित)

शिक्षक सेवा आयोगले १८ कात्तिकमा हुने बागमती प्रदेश काठमाडौं जिल्लाको निमावि शिक्षक लाइसेन्स परीक्षा केन्द्र परिवर्तन गरेको छ ।

आयोगले १८ कात्तिक दिउँसो १ बजे सञ्चालन गर्न लागेको निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको बागमती प्रदेश काठमाडौं जिल्लाका तोकिएको परीक्षा केन्द्र र लोकसेवा आयोगबाट सञ्चालन हुने परीक्षा केन्द्रसँग जुध्न गएकोले परीक्षा केन्द्र समन्वय समिति काठमाडौंको सिफारिस र आयोगको आइतबारको निर्णय अनुसार परीक्षा केन्द्र परिवर्तन गरिएको जनाएको छ ।

आयोगको अनुसार जनप्रभात मावि कालिमाटी क केन्द्रको काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट, कालीमाटी क केन्द्रमा, जनप्रभात मावि कालिमाटी ख केन्द्रको काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट, कालीमाटी ख केन्द्रमा परीक्षा केन्द्र सारिएको छ ।

त्यस्तैगरी नन्दी मावि नक्साल, काठमाडौंको धुम्रवराही मावि धुम्रवराही काठमाडौंमा, रत्नराज्य मावि बानेश्वर क केन्द्रको पद्यमकन्या विद्याश्रम मावि, डिल्लीबजार क केन्द्रमा, रत्नराज्य मावि बानेश्वर ख केन्द्रको पद्यमकन्या विद्याश्रम मावि, डिल्लीबजार ख केन्द्रमा, शान्तिविद्या गृह मावि लैनचौर क केन्द्रको कन्या मन्दिर मावि न्यौखा, क केन्द्रमा र शान्तिविद्या गृह मावि लैनचौर ख केन्द्रको कन्या मन्दिर मावि न्यौखा, ख केन्द्रमा सारिएको छ ।

0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments