ताजा अपडेट

ट्रेन्डिङ

इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा असोज २२ गते देखी, पुरानै शुल्कमा भर्ना

Gyan Khabar

ज्ञानखबर संवाददाता

१६ असोज २०८०, मङ्गलबार
2447 पटक हेरिएको
इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा असोज २२ गते देखी, पुरानै शुल्कमा भर्ना

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, डीनको कार्यालय, प्रवेश परीक्षा बोर्डले शैक्षिक बर्ष २०८०/०८१ को स्नातक (बि.ई/बि. आर्क तह) को विद्यार्थी भर्नाका लागि संचालन गरिने प्रवेश परीक्षा सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

शैक्षिक वर्ष २०८०/०८१ को स्नातक (बि.ई/वि.आर्क तह) का विभिन्न कार्यक्रमहरुमा इ.अ.सं. का आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा पुरानै शुल्कमा विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्युटर विधिवाट संचालन गरिने प्रवेश परीक्षाको फाराम मिति २०८० असोज १७, १८ र १९ गते सम्म फाराम भर्ने समय थप गरिएको छ ।

प्रवेश परीक्षा २०८० असोज २२ गते देखी संचालन गर्ने भएको छ । साथै यस अघि फाराम भरीसकेका विद्यार्थीहरुले पुनः फाराम भर्नु नपर्ने जनाएको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान डीन कार्यालय र आन्दोलनरत विद्यार्थी संगठनहरु बिच दुई बुँदे सहमति भएको थियो । सोमबार डीन कार्यालय र आन्दोलनरत विद्यार्थी बिच पुरानै शुल्कमा नयाँ भर्ना गर्ने सहमति भएको हो । सो सहमति अनुसार प्रवेश परीक्षा असोज २२ गते देखि संचालन हुने भएको हो ।

0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments