ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुर नगरपालिकाको छात्रवृत्ति छनौट परीक्षाको नतिजा सार्वजनिक

Gyan Khabar

ज्ञानखबर संवाददाता

२४ साउन २०८०, बुधबार
691 पटक हेरिएको
भक्तपुर नगरपालिकाको छात्रवृत्ति छनौट परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर नगरपालिकाले शैक्षिक शत्र २०८०/०८१ को लागि नगरपालिका अन्तगर्तका विद्यालयहरूमा कक्षा ११/१२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको छ।

नगरपालिकाबाट मिति २०८० साउन १३ गते, शनिबार लिइएको परीक्षामा ६ सय ७४ जना परीक्षार्थीहरू सहभागी भएका थिए ।

संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि, २०७४ ले गरेको व्यवस्थाबमोजिम विद्यालयले उपलब्ध गराउनुपर्ने १०% छात्रवृत्तिमध्ये ३.३% छात्रवृत्ति सिफारिसको लागि छनोटमा पर्न सफल विद्यार्थीहरूको नामावली प्रकाशित गरेको हो ।

छात्रवृत्ति छनोटमा पर्न सफल विद्यार्थीहरूलाई २०८० साउन २७ गते, शनिबार ख्वप इन्जिनियरिङ्ग कलेज, लिवालीमा एक कार्यक्रममा सिफारिस पत्र वितरण गरिने छ ।

0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments