ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुर नगरपालिका क्षेत्रमा मेधा मावि उत्कृष्ट

Gyan Khabar

ज्ञानखबर संवाददाता

२९ असार २०८०, शुक्रबार
2828 पटक हेरिएको
भक्तपुर नगरपालिका क्षेत्रमा मेधा मावि उत्कृष्ट

भक्तपुर नगरपालिका क्षेत्रमा एसइई परीक्षामा कुल ५९ स्कुलहरुबाट दुई हजार तीन सय ६५ जना विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये सवैभन्दा वढी सैनिक आवासीय मावि सल्लाघारीबाट तीन सय ९३ जना विद्यार्थी सहभागी भएका थिए ।

यसैगरी वागीश्वरी माविबाट दुई सय ७६ जना र एभरेष्ट इगलिश स्कुलबाट एक सय सात जना विद्यार्थी सहभागी थिए । यसबाहेकका सवै स्कुलहरुको सहभागिता एक सय भन्दा मुनिको छ ।

नगरका यी स्कुलहरुको औसत जीपीए ३.१४ रहेको छ । यसमध्ये सवैभन्दा वढी मेधा माविले ३.७१ औसत जीपीए ल्याएर नम्वर एक बनेका छन् । एभरेष्ट स्कुलले ३.३८ औसत जीपीए ल्याएर ११ औ स्थानमा छ भने बागीश्वरीले २.९८ जीपीए ल्याएर ४१ औ स्थानमा छ ।

0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments